उदयपुरका जबरजस्ती करणी आरोपी सिरहाबाट पक्राउ

सिरहा । प्रहरीले जबरजस्ती करणी र विद्युतीय कारोबारका कसुर आरोपी उदयपुरका ३१ वर्षीय युवकलाई सिरहा सदरमुकामबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उदयपुरको लिम्चुङ्बुङ् गाउँपालिका ४ का विश्वराज राईलाई सिरहा नगरपालिका ७ हेमनारायण चोकबाट पक्राउ गरेको हो । जिल्ला २६, (परिवर्तित नाम) गौशाला (३६) ०८१/०८२ को जाहेरीको आधारमा जबरजस्ती करणी र जिल्ला २६, (परिवर्तित नाम) गौशाला (३६) ०८१/०८२ को जाहेरी अनुसार विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा राईलाई पक्राउ गरिएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्रकुमार पासवानले जानकारी दिए ।
उनका अनुसार सिरहा सदरमुकाममा बस्दै आएको सूचनाको आधारमा काठमाडौं जिल्ला अदालतको अनुमति बमोजिम आरोपी राईलाई पक्राउ गरी बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय भोटाहिटी काठमाडौं साइबर ब्यूरो शाखा पठाइएको छ । आरोपी राई नेपाल विद्युत प्राधिकरण सिरहा वितरण केन्द्रका कर्मचारी रहेको बताइएको छ ।