प्रहरीको नागरिक सुनुवाईमा लागूऔषध नियन्त्रणको माग

सिरहा । सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा लागूऔषध दुव्र्यसनको नियन्त्रण प्रभावकारी बनाउनु पर्ने सहभागीहरुले माग गरेका छन् ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लहान नगरको सभाकक्षमा शनिबार आयोजित सुनुवाई कार्यक्रममा सहभागीहरुले विभिन्न कारणले लागूऔषध दुव्र्यसनमा फसेका युवा लक्षित विभिन्न सचेतनामूलक कार्यक्रमसँगै नियन्त्रणका प्रभावकारी कार्यक्रम समेत संचालन गरिनु पर्ने खाँचो औंल्याए । प्रहरी एक्लैले त्यो काम सम्भव नहुने हुँदा बिना बर्दीको प्रहरीको रुपमा रहेका हरेक नागरिकले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने उनीहरुले बताए ।
प्रहरीसम्म सहज पहुँचको खाँचो
समुदायमा अपराध नियन्त्रणदेखि शान्ति सुरक्षाका लागि दिनरात समुदायमै खटिने प्रहरीको कार्यालयमा सर्वसाधारणको सहज पहुँचका लागि कुनै अवरोध नहुने भनिएपनि व्यवहारमा त्यस्तो नरहेकाले त्यसको नाजायज फाइदा बिचौलियाहरुले उठाइरहेको लहान नगरकी उपप्रमुख सरियारकुमारी चौधरीले बताइन् । प्रहरीले विभिन्न समस्या झेल्दै जनताकै लागि काम गरिरहेका हुन्छन्’ उपप्रमुख चौधरीले भनिन् ‘अप्ठ्यारोमा परेका पीडित एक्लै पनि प्रहरी कार्यालयसम्म पुग्ने वातावरण बनाउन प्रहरीको पनि पीडित मैत्री व्यवहार हुनुपर्छ ।’
नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले काम विशेषले प्रहरी कार्यालय जानु पर्ने सेवाग्राही एक्लैले पनि प्रहरीको सेवा पाउने वातावरण बनाउन प्रहरीको व्यवहार पनि सच्चिनु पर्ने आंैल्याए । ‘नेता, पत्रकार, समाजसेवीको नाममा अपराधी छुटाउन भनसुन गर्नेहरुप्रति प्रहरी निर्मम बन्नै पर्छ’ अध्यक्ष बनैताले भने ‘त्यसको नाममा कसैले पनि छुट पाउनु हुँदैन ।’
लहान उद्योग बाणिज्य संघका अध्यक्ष अशोकलाल अमात्यले सुरक्षित र भयरहित वातावरणमा व्यापार व्यवसाय गर्न पाउने वातावरण बनाउन प्रहरीले गरेको प्रयास सह्रानीय रहेको औंल्याउँदै नगर क्षेत्रमा सुरक्षा व्यवस्था थप बलियो बनाउन आग्रह गरे । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का वर्ष पुस्तक प्रतिनिधि दुर्गा परियारले मुस्कानसहितको सेवाको नारा अन्तर्गत काम गरिरहेको प्रहरीलई भेट्न कार्यालयसम्म जाने सेवाग्राहीलाई गेटमा बस्ने सेन्ट्रीले नै हप्कीदप्की गर्दै सोधपुध गर्ने हुनाले एक्लै जान हिच्किचाउने बताए । ‘फलस्वरुप त्यहीं बिचौलियाले खेल्छन् र पीडित भ्mन् अप्ठ्यारोमा पर्छन्’ उनले भने ।
चोरिएका ३९ मध्ये ३७ मोटरसाइकल फेला
सार्वजनिक सुनुवाई कार्यक्रममा लहान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डा. तपनकुमार दाहालले दक्षता, अनुभव र ज्ञानले पनि अपराध नियन्त्रण गर्न भूमिका खेल्ने चर्चा गर्दै काम गर्ने क्रममा कमी कमजोरी देखिए औंल्याउन आग्रह गरे । आफू मातहत करिब तीन सय प्रहरी भएपनि दिनरात आफू समेत जुनियर प्रहरीहरुसँगै फिल्डमा खटिने गरेकाले करिब १५ महिनाको कार्यकालमा लहान क्षेत्रमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, अपराधीलाई कानुनी कारबाही गराउन ९० प्रतिशतभन्दा बढी सफल भएको प्रहरी नायव उपरीक्षक डा. दाहालले दावी गरे । लागूऔषध नियन्त्रणका लागि प्रहरीलाई समुदायले पनि सघाउननु पर्ने उनको आग्रह थियो ।
‘नगरको विभिन्न ठाउँबाट चोरिएका ३९ वटा मोटरसाइकल मातहतका प्रहरी युनिट र आफू समेत लागेर खोजी गर्ने क्रममा ३७ वटा फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको छ’ उनले भने ‘चोरी निकासी नियन्त्रण अन्तर्गत एक करोड ५० लाख रुपैयाँ बराबरका सामान पक्राउ गरी भन्सारमा दाखिला गरिएको छ ।’


फरार अभियुक्त पक्राउ गर्ने अभियान अन्तर्गत पछिल्लो दुई महिनाको अवधिमा ८९ जनालाई पक्राउ गरी अदालतमा बुझाइएको उल्लेख गर्दै उनले भने ‘उक्त अवधिमा पाँच थान पेस्तोल, १७ राउण्ड गोलीसहित अपराधीलाई पक्राउ गरी कानुनी कारबाही चलाइएको छ । लहान क्षेत्रमा अवैध ढंगले गिट्टी बालुवा उत्खनन्, चोरी निकासीमा संलग्न ३७ टिपर, २१ ट्याक्टर, तीन ट्रक र दुई वटा जेसिवी नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको उनले बताए ।