जन्ती बोकेको ट्याक्टर दुर्घटना, एकको मृत्यु, २३ जना घाइते

उदयपुर । उदयपुरको जिल्ला सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिका १६ आहाले रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा उदयपुरमा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मदन भण्डारी लोकमार्ग अन्तर्गत गाईघाट– नेपालटार खण्डको उदयपुरगढी गाउँपालिका ७ नागबेलीमा प्र.२– ०१– ००१ त १०९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा त्रियुगा नगरपालिका १५ का करिब २१ वर्षीय मिलन मग्रातीको मृत्यु भएको हो । आहाले रातापनीका चन्द्रबहादुर रोक्काका छोरा धिरेन रोक्काको विवाहको जन्ती बोकेर आउँँदै गरेको ट्याक्टर आफैं अनियन्त्रित भइ दुर्घटना भएको उदयपुर प्रहरीका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
तीन जना विराटनगर रेफर
दुर्घटनामा घाइते भएका २२ जनामध्ये तीन जनालाई थप उपचारका लागि विराटनगर रेफर गरिएको प्रहरी नायव उपरीक्षक गौतमले बताए । उनका अनुसार रेफर गरिएकाहरुमा त्रियुगा १६ तीनधारेका २६ वर्षीय सागर कोइराला, राजापानीका २२ वर्षीय दिपेन सुयल र रौतामाई ७ राजावासकी १८ वर्षीय सुस्मिता छन् ।
दुर्घटनामा घाइते भएका उदयपुर त्रियुगा नगरपालिका ७ का एक जना, १४ का एक जना, १६ का १३ जना र रौतामाई गाउँपालिका ४ का चारसहित १९ जनाको गाईघाटस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा त्रियुगा ७ का ३२ वर्षीय अमृतबहादुर सार्की, १४ का २१ वर्षीय लोककुमार रानामगर, १६ का २२ वर्षीय नइन्द्र रोक्का, १७ वर्षीय किशोर राई, १८ वर्षीय शेर राना मगर, १८ वर्षीय दिनेश वर्माशाला, २६ वर्षीय जीवन वि.क. छन् । त्यस्तै, १८ वर्षीय मिलन वि.क., २२ वर्षीय केदार मगर, २० वर्षीय मोहनबहादुर मगर, ३९ वर्षीय भुपाल सार्की, १८ वर्षीय सुनिल मगर, १८ वर्षीय रविन्द्र मगर, २६ वर्षीय विदुर सार्की, १६ वर्षीय दिवस रोक्का, ६९ वर्षीय टंकबहादुर सार्कीको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको उनले बताए ।
दुर्घटनामा रौतामाई गाउँपालिका ४ का ३९ वर्षीय दुर्गबहादुर सार्की, १७ वर्षीय मनोज दुलाल, १३ वर्षीय दिलिप रोक्का र १७ वर्षीय प्रदिप रोक्काको गाईघाटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार रहेका ट्याकटर चालकको खोजी भइरहेको र थप अनुसन्धान भइरहेको छ ।