फोनिजको प्रदेश १ मा लामा नेतृत्वको समिति निर्वाचित

मोरङ् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को प्रदेश १ को बिहीबार सम्पन्न दोस्रो महाधिवेशनले सन्तवीर लामाको नेतृत्वमा २१ सदस्यीय प्रादेशिक समिति निर्वाचित गरेको छ ।
मोरङ्को पथरीमा सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट लामा प्रदेश अध्यक्ष निर्वाचित भएका हुन् । मंगलबार शुरु भएको महाधिवेशनको बन्द सत्रले प्रदेश समितिमा उपाध्यक्ष राजेन्द्र दुष्ट र अप्सरा समाल, महासचिव सुसन राई, सचिव सन्देश सुब्बा र प्रदीप चौधरी तथा कोषाध्यक्ष पदमा प्रेम देवानलाई सर्वसम्म्त निर्वाचित गरेको छ । प्रादेशिक समितिमा सदस्यहरु वसन्त पालुङ्वा, मोहन तामाङ्, सन्दिप राई, ब्रह्मलाल हजारी, सुप्रिया राई, शर्मिला राई, प्रमिला श्रेष्ठ, विजय धिमाल, खगेन्द्र कुलुङ्, अतित योङ्हाङ्, राजन साम्पाङ्, ज्ञानु केदेम, एलबी लावती र बाबुराम मुडियारी निर्वाचित भएका छन् ।
फोनिजको प्रादेशिक कार्यसमितिको लेखा समितिमा संयोजक महेन्द्र मादेन र सदस्यहरु दिपक राई तथा नेत्रकुमार सुनुवार निर्वाचित भएका छन् भने अनुशासन समिति संयोजक वीरबहादुर पापो र सदस्यहरु सोनीकुमार आङ्देम्बे र विजयकुमार राई निर्वाचित भएका छन् । ं प्रदेश १ अन्तर्गत पर्ने १४ जिल्लाका एक सय भन्दा बढी प्रतिनिधि पत्रकारहरुको सहभागिता रहेको महाधिवेशनले ११ बुँदे ‘पथरी घोषणापत्र’ जारी गर्दै प्रदेश १ को नाम पहिचान र सामथ्र्यको आधारमा ‘लिम्बुवान–किरात’ वा ‘किरात–लिम्बुवान’ राख्न माग गरेको छ ।