प्याब्सनको प्रदेश २ अध्यक्ष पदमा रेग्मी निर्वाचित

सिरहा । संस्थागत विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्रदेश २ को तेस्रो अधिवेशनले रौतहटका दिपककुमार रेग्मीलाई अध्यक्ष चयन गरेको छ ।
सिरहाको लहानमा मंगलबार सम्पन्न प्रदेश अधिवेशनमा अध्यक्ष पदमा निर्वाचित रेग्मीले दुई सय २३ र र निकटतम् प्रतिद्वन्द्वी राकेश कर्णले एक सय ९६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, सचिव पदमा गणेशकुमार साह दुई सय २० मतसहित निर्वाचित भएका छन् भने निकटतम् प्रतिद्वन्द्वी विश्वलाल सिंहले एक सय ८९ मत ल्याएका छन् । निर्वाचन समितिका अनुसार प्रदेश अन्तर्गत पर्ने आठ जिल्लामा रहेका तीन सय ५१ मतदातामध्ये दुई सय २७ मत खसेकोमा अध्यक्ष पदमा चार र सचिव पदमा सात मत बदर भएको थियो ।
अधिवेशनले आगामी तीन वर्षका लागि निर्वाचित गरेको १३ सदस्यीय प्रदेश कार्य समितिमा बरिष्ठ उपाध्यक्ष श्याम कुमार के.सी. (पर्सा), उपाध्यक्ष जगदिश प्रसाद सिंह (धनुषा), महिला उपाध्यक्ष रिभा ठाकुर (सप्तरी), कोषाध्यक्ष मिरा थापा (सिरहा), सह–कोषाध्यक्ष मनोज कुमार यादव (सिरहा), सह–सचिव हरि बहादुर थापा (सर्लाही) चयन भएका छन् । अधिवेशनले कार्यसमिति सदस्यहरु सिंहेश्वर पासवान (सिरहा) , दिलबहादुर फुयाँल (सर्लाही) , राम सोगारथ साह (महोत्तरी), डा. हरिशंकर प्रसाद साह (पर्सा), इमामुद्दिन अहमद (पर्सा) निर्वाचित गरेको छ ।