क्यान्सर पीडित बालकलाई सहयोगको अपिल

गाईघाट । उदयपुर जिल्लाको रौतामाइ गाउँपालिका ४ रौतामाईका क्यान्सर पीडित चार वर्षीय नाबालकका आफन्तले उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् ।
पछिल्लो चार महिनादेखि ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा लिम्फोब्लाष्टिक लिम्फोमा क्यान्सरको उपचार गराईरहेका नाबालकलाई थप उपचार गराउन घरायसी आर्थिक अवस्थाले नधान्ने भएकाले सहयोगका लागि बाबु गंगबहादुर भुजेलले अपिल गरेका हुन् । ‘उपचारका लागि ठूलो रकम लाग्ने भएकाले धान्नै नसक्ने भयौं’ भक्कानिदै आमा गोमा भुजेलले भनिन् ‘नाबालकलाई आफ्नै छोरा, भतिजा, भाई सम्झेर सक्दो सहयोग गरी ज्यान बाचर्य दिन अपिल गर्दछु ।’
नाबालक छोरालाई क्यान्सर रोग लागेपछि घर व्यवहार समेत लथालिंग भएको गुनासो गर्दै उनले भनिन् ‘छोराको उपचार गराउन चार महनादेखि घर बाहिर छौं, उपचार गराउने रकम पनि छैन ।’ छोराको उपचारका लागि सहयोग गर्न चाहने सहृदयीहरुलाई ९८६१७११७३२ वा ९८६३७७५२८६ मा सम्पर्क गरिदिन भुजेल दम्पतीले सामाजिक सञ्जालमार्फत् आग्रह गरेका छन् ।