गुल्मी । जिल्ला अदालत गुल्मीमा पछिल्लो केही वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बृद्धि भएको छ ।
चालु आर्थिक वर्ष २०७८÷०७९ को साउनदेखि मंसिर महिना पाँच महिनासम्म पाँच महिनाको अवधिमा सम्बन्ध विच्छेदका एक सय ३४ वटा मुद्दा दर्ता भएको गुल्मी जिल्ला अदालतका तहसिलदार रामबहादुर कुँवरले बताए । दर्ता भएका मुद्दामध्ये ८० वटा मुद्दाको फैसला भइसकेको र ५४ मुद्दा विचाराधीन अवस्थामा रहेको तहसिलदार कुँवरले उल्लेख गरे ।
उनका अनुसार जिल्ला अदालतमा आ.व. २०७७÷०७८ मा सम्बन्ध विच्छेदका एक ८९ मुद्दा दर्ता भएकामध्ये एक सय ५७ वटा मुद्दाको फैसला भएको छ । सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्नेमा २० वर्षदेखि ३० वर्षभित्रका दम्पतीको संख्या बढी रहेको उनले बताए । मुलुकी देवानी संहिता २०७४ ले सम्बन्ध विच्छेदका विषयमा तुलनात्मक रुपले सहज व्यवस्था गरेकाले मुद्दा बढेको कुँवरको भनाइ छ ।