किसानलाई पक्राउ गरेको विरोधमा तालाबन्दी र प्रदर्शन

सिरहा । सिरहाको दक्षिणी सीमावर्ती औरही गाँउपालिका ५ नं. वडास्थित प्राथमिक स्वास्थ्य केन्द्रको गोदाममा भण्डारण गरेर राखिएको गहुँको बीउ लुटेको आरोपमा पक्राउ परेका किसानको रिहाईको माग गर्दै स्थानीयले गाउँपालिका कार्यालयमा तालाबन्दीसहित टायर बालेर प्रदर्शन गरेका छन् ।
गाउँपालिकाको कृषि शाखाले किसानलाई निःशुल्क वितरण गर्न भण्डारण गरेर राखेको  दुई सय ३७ बोरामा प्याक गरिएको एक सय ३४ क्वीण्टल ८० किलोग्राम गहुँको बीउ लुट्न किसानलाई उक्साएको आरोपमा औरही २ कडहर्वाका मिथिलेश यादवलाई प्रहरीले पक्राउ गरेपछि स्थानीय आन्दोलित भएका हुन् । जनमत पार्टीले पक्राउ गरेका किसान यादवको रिहा नगरेसम्म गाउँपालिका कार्यालयमा गरिएको तालाबन्दी नखुल्ने र आन्दोलन जारी रहने जनाएको छ ।
औरही गाउँपालिका कृषि शाखा प्रमुख राजदेव यादवका अनुसार गत मंगलबार बिहान ११ बजेदेखि औरही गाउँपालिका ३ नं. वडा क्षेत्रमा पर्ने गाउँका किसानहरुलाई बाँड्न स्वास्थ्य केन्द्रको गोदाममा भण्डारण गरेर राखिएको गहुँको बीउ लुटिएको हो ।