सिरहा । सिरहाको गोलबजार नगरपालिका ७ चोहर्वा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । संस्थाले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा तीन करोड ३७ लाख दुई हजार पाँच सय रुपैयाँ बराबरको तीन लाख ३७ हजार २५ कित्ता साधारण सेयर (आइपिओ) निष्कासन गर्न लागेको हो ।
संस्थाको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको श्रृजनशीलका प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठले बताए । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिका लागि श्रृजनशील र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।