सिरहा । पूर्व पश्चिम सडक अन्तर्गत सिरहाको नरहा गाउँपालिका ३ नयाँ चोहर्वा खण्डमा मंगलबार दिउँसो मोटरसाइकल जोगाउन खोज्दा भएको पिकअप भ्यान दुर्घटनामा दुई जना घाइते भएका छन् ।
चाइना रेलवे नं. २ इञ्जिनियरिङ् ग्रुपले निर्माण गरिरहेको चार लेनको सडकको पुलमा ठोक्किएर प्रदेश– ३ – ०१०२३ च ०६१८ नम्बरको पिकअप भ्यान दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । मोटरसाइकल जोगाउने क्रममा पुलमा ठोक्किंदा नेपालगंज मदनचोकका २६ वर्षीय गणेश बहादुर मल्ल र सूर्य बहादुर थारु घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडांैबाट एनसेल कम्पनीको टावरको सामान बोकेर झापाको बिर्तामोड हिंडेको पिकअप भ्यान दुर्घटनामा घाइते भएका दुई जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।