आत्महत्या रोकथाम तथा न्युनीकरण सम्बन्धी सचेतना कार्यक्रम

सप्तरी । विश्वभर बढ्दो आत्महत्याको दरलाई न्यूनीकरण गर्न सर्वपक्षीय सहभागितामा आमनागरिकलाई सुसूचित गराउने उद्देश्यले आइतबार जिल्ला सदरमुकाम राजविराजमा ‘आत्महत्या रोकथाम तथा न्यूनीकरण कार्यक्रम–२०७९’ गरिएको छ ।
आत्महत्याले हाम्रो परिवार, समाज र राष्ट्रलाई नष्ट गर्छ भन्ने सन्देशसहित जिल्ला प्रहरी कार्यालय सप्तरी र सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा सचेतनामूलक कार्यक्रम संचालन गरिएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास कर्ण, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक अबिनारायण काफ्ले, नेपाली सेनाका सेनानी प्रभात किरण श्रेष्ठ, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्का, नगरका जनप्रतिनिधि, पत्रकार, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको कार्यक्रममा आत्महत्या जस्तो जघन्य अपराध न्यूनीकरणका लािग सबैले आ–आफ्नो ठाउँबाट सचेतना बिस्तारका लागि भूमिका खेल्नु पर्नेमा जोड दिइएको थियो ।