लहानमा अनुभव आदान प्रदान सम्बन्धी बैठक

सिरहा । हरवा चरवा अधिकार मञ्च र हरवा चरवा अधिकारका क्षेत्रमा कार्यरत सामाजिक संस्थाहरुको सहभागितामा अनुभव आदान प्रदान सम्बन्धी दुई दिने बैठक मंगलबार लहानमा शुरु भएको छ ।
हरवा चरवाका लागि समुदाय स्तरमा संचालित क्रियाकलाप, उपलब्धि र चुनौतीहरुको पहिचान गरी सुधारका क्षेत्र पहिचानसहित अगाडि बढ्ने उद्देश्यले बैठक गरिएको जनाइएको छ । बैठकमा २ साउनमा नेपाल सरकारले हरवा चरवा मुक्तिको घोषणा गरेकोमा आभार व्यक्र गर्दै तत्काल पुनस्र्थापनाको कार्यक्रम अगाडि बढाउन समेत आग्रह गरेको छ ।
बैठकमा हरवा चरवा मुक्तिको पृष्ठभूमि, मुक्तिको आधार, अवसर, चुनौतीका विषयमा बाँधा मजदूर अभियानकर्मी अधिवक्ता बालाराम भट्टराई र संयुक्त रणनीतिको विषयमा जियाम श्रेष्ठले सहजीकरण गरेका थिए । बुधबारसम्म चल्ने बैठकमा मधेश प्रदेश अन्तर्गत पर्ने आठ जिल्लाका हरवा चरवा नेतृत्व र द फ्रिडम फण्डका साझेदारहरु सहभागी रहेको जनाइएको छ ।