स्थानीय तह निर्वाचन : जिल्लाको आठ सय ५४ पदका लागि करिब दोब्बर जनाको उम्मेदवारी (फोटोफिचर)

। जिल्लाको आठ नगरपालिका र नौ गाउँपालिकाका कुल आठ सय ५४ सिटका लागि निर्वाचन आयोगमा दर्ता भएका दल र स्वतन्त्र गरी एक हजार पाँच सय २६ जनाको मनोनय दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले जनाएको छ । निर्वाचनमा उम्मेदवारी दर्ताको अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म जिल्लाको १७ स्थानीय तहको प्रमुख÷ अध्यक्षमा एक सय २४, उपप्रमुख÷उपाध्यक्षमा ७५, वडाध्यक्षमा तीन सय ६८, वडा सदस्यमा चार सय ६८, महिला सदस्य दुई सय ३६ र दलित महिला सदस्यमा दुई सय ४० जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए । उनका अनुसार मनोनयन दर्ता गर्ने अन्तिम दिन सोमबार अपरान्ह ५ बजेसम्म उम्मेदवारहरुले बुझाएकोे फाईल रुजु गरी दर्ता भइरहेको छ ।