सप्तरी । हत्यामा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सप्तरीको रुपनी गाउँपालिका ५ स्थित समर्थ सिंह पोखरीमा आइतबार बिहान मृत भेटिएका स्थानीय २५ वर्षीय अन्सारुल मियाँको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई खोजतलासको क्रममा पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार मृतकका बाबु ताहिर मियाँले दिएको जाहेरीको आधारमा खोजतलास गरी मंगलबार तीन जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा रुपनी ५ का २१ वर्षीय रामप्रवेश खंग, २० वर्षीय दिपककुमार खंग र २१ वर्षीय लालु भनिने जयराम खंग रहेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए । पक्राउ गरिएकाहरुलाई कानुनी प्रकृया पुरा गरी घट्ना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।