दुई वर्ष कैद सजाय भएका फरार प्रतिवादी पक्राउ

सप्तरी । बिगो भरी भराउ मुद्दाका फरार प्रतिवादीलाईसप्तरी प्रहरीले पक्राउ गरे लगत्तै पर्सा पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मनोजकुमार साहको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सप्तरीको बोदेबर्साइन नगरपालिका ८ बस्ने ५२ वर्षीय जीवछप्रसाद यादवलाई बिगो भरी भराउ मुद्दा अन्तर्गत सोमबार सप्तरीको सुरुङ्गा नगरपालिका ६ बाट पक्राउ गरी पर्साको बीरगंज पठाइएको सप्तरी प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । बिगोवापत् दुई वर्ष कैद सजायको फैसला सुनाइएका साहलाई पक्राउ गरी दाखिला गराउन पर्सा जिल्ला अदालतको २०७८ असोज १८ को च.नं. ७५९ रहेको पत्र अनुसार खोजतलासको क्रममा साहलाई सोमबार बिहान पौने १२ बजेतिर पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।
उनलाई लुकीछिपी हिंडिरहेको अवस्थामा पक्राउ गरे लगत्तै सोमबार नै पर्सा पठाइएको उनले बताए । पक्राउ गरिएका साहलाई कुन कसुर अन्तर्गत कैद सजायको फैसला भएको थियो भन्ने चाहिं प्रहरीले खुलाएको छैन ।