मेयर कप कराँतेमा गोलबजार टिम प्रथम

सिरहा । झापाको दमक नगरपालिकाको दमक नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रथम मेयर कप राष्ट्रिय कराँते प्रतियोगितामा सिरहाको गोलबजार टिम प्रथम भएको छ ।
गोलबजार नगर क्षेत्रबाट सहभागी खेलाडीले तीन स्वर्ण, तीन रजत एक कास्य पदकसहित गोलबजार टिम प्रथम भएको प्रशिक्षक कसम लामाले बताए । प्रतियोगितामा गोलबजारको लागि सरोज पासवान, प्रौसिया चौधरी र सविना मगरले स्वर्ण, अनुज राना, परिणा शाही र बब्लु राइनले रजत पदक र निश्चल पुलामीले कास्य पदक जितेका हिुन् । प्रतियोगितामा मुलुकभरका २० वटा भन्दा बढी नगरपालिकाको सहभागिता रहेको जनाइएको छ ।