सिरहा । सहिद दिवसको अवसर पारेर नेकपा (माओवादी केन्द्र) धनगढीमाई नगर समितिको आइतबार धनगढीमाई १० जिरोमाइलमा नगर कार्यालय विधिवत् रुपमा उद्घाटन गरिएको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिका प्रमुख हरिनारायण चौधरीले कार्यालयको रिवन काटेर नगर कार्यालयको विधिवत् उद्घाटन गरेका हुन् । पार्टीको नगर कार्यालय उद्घाटन गर्दै नगर प्रमुख चौधरीले नगर क्षेत्रका विभिन्न वडाका नागरिकका दैनिक समस्याहरु समाधानका लागि नगर कार्यालयमार्फत् व्यवस्थित ढंगले समन्यव हुने र पार्टी संचालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुको व्यवस्थापनमा कार्यालय दैनिक रुपमा संचालन हुने र पार्टी परिचालनसँगै स्थानीय नागरिकका समस्या समाधानका लागि काम गर्न सहज हुनेगरी कार्यालय संचालन गरिएको माओवादी केन्द्रका नगर अध्यक्ष प्रकाश योञ्जनले बताए ।