प्रदेश नामाकरणको अवसरमा शुभकामना

समावेशी, समानुपातिक, आत्मनिर्णयको अधिकारसहितको संघीयता महान् जनयुद्धको नेतृत्वकर्ता पार्टी नेकपा (माओवादी) हाल नेकपा (माओवादी केन्द्र) रहेको कुरा कसैवाट लुकेको छैन । जनयुद्धको समयदेखि मधसी राष्ट्रिय मुक्ति मोर्चा नेपालको स्थापना, विभिन्न जातीय, वर्गीय मुक्ति आन्दोलनको शुरुवात ।
मधेशीलाई गर्व से कहु हम मधेशी छि भन्ने नारालाई साक्षात्कार गरी नेपालमा मधेशीलाई अधिकार दिलाउन र मधेशको साथमा चट्टान झैं उभिरहने पार्टी माओवादी केन्द्र अहिले पनि मधेश÷ मधेशीको पक्षमा एक पटक खडा भएको कुरा नकार्न सकिंदैन ।
अहिलेको अवस्थामा हाम्रो गौरवशाली पार्टीले प्रदेश नं. २ को नामाकरणमा प्रस्तावकको रुपमा रही मधेश प्रदेश नामाकरणमा सहयोग गरेको र त्यसको फलस्वरुप आज मधेश प्रदेश नामाकरण र राजधानी जनकपुर जसको इतिहास छ, त्यो कायम गर्न सफल भएको सर्वविदितै छ । यस अवसरमा मधेशवासीहरु गौरवान्वित हुनुपर्ने हो ।
यस अवसरमा सबैमा शुभकामना पनि व्यक्त गर्न चाहन्छु. तर अहिले पनि केही प्रतिक्रियावादी तत्वहरु संघीयताको जननी हाम्रो मधेश प्रदेशको विपक्षमा रहेको र विस्तावादी शक्तिलाई बढावा दिईरहेकोले सचेत हुनु पर्ने अवश्यकता छ । अझै विचार, सिद्धान्त, वैज्ञानिक समाजवाद र वर्गीय मुक्तिकामी आन्दोलनमा आफू उभिरहने वाचासहित फेरि पनि हार्दिक शुभकामना ! शुभकामना !! शुभकामना !!!