सैनिक श्रीमती संघद्वारा कम्बल र खाद्यान्न वितरण

बाँके । बढ्दो शीतलहरले जनजीवन प्रभावित बन्दै गएको छ । आर्थिक अवस्था राम्रो भएकाहरुले न्यानो कपडा किनेरै भएपनि जेनतेन जाडो छल्न सक्छन् तर हातमुख जोड्नै समस्या झेलिरहेका गरिब, बिपन्न र असहायहरुले जाडोमा न्यानो कपडा नपाएर कष्ट भोगिरहेका बेला सैनिक श्रीमती संघले न्यानो कम्बल वितरण गरेको छ ।
संघले बिहीबार एक समारोहका बीच बाँंके जिल्लाको डुडुवा गाउँपालिका ६ मंगताटोलमा बसोवास गरिरहेका करिब एक सय जना गरिब, बिपन्न र असहायहरुलाई न्यानो कम्बलसहित खाद्यान्न वितरण गरेको हो । पछिल्लो शीतलहरबाट प्रभावित एक सय जनालाई सैनिक श्रीमती संघ, नं. ४ बाहिनी अड्डा, भैरव प्रसाद गण, वेस्टर्न हस्पिटल तथा रिसर्च सेन्टर र रोयल नेपालगञ्ज फुटवल क्लवको सहकार्यमा एक÷एक थान न्यानो कम्बल तथा खाद्यान्न वितरण गरेको हो ।