काठमाडौं । बामगती सरकारले प्रदेशको नीति तथा योजना आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त गरेको छ । आयोगमा नियुक्त गरिएका उपाध्यक्ष डा.कृष्णराज पन्त, सदस्यहरु प्रह्लाद लामिछाने र राजु नेपाललाई बुधबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ गराएका छन् ।
उपाध्यक्ष पन्त नेकपा (एकीकृत समाजवादी), सदस्यद्वय लामिछाने र नेपाल क्रमशः नेकपा माओवादी केन्द्र र कांग्रेस निकट हुन् । आयोगमा अझै एक महिलासहित एकजना विज्ञ सदस्य मनोनित हुन बाँकी रहेकाले केही दिनमा मनोनित गर्नेगरी सत्तारुढ दलका नेताहरुबीच छलफल जारी रहेको जनाइएको छ ।
प्रदेश सरकारका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले हालका राष्ट्रिय सभा सदस्य डा.खिमलाल देवकोटालाई उपाध्यक्ष नियुक्त गरेका थिए । करिब दुई वर्ष आयोगको उपाध्यक्ष रहेर देवकोटाले पौडेल मुख्यमन्त्री रहेकै बेला राजीनामा दिएपछि आयोगका तत्कालीन सदस्य श्याम बस्नेतलाई कार्यबाहक उपाध्यक्षको जिम्मेबारी दिइएको थियो ।