सप्तरीमा गोरु काटेको आरोपमा तीन जना पक्राउ

सप्तरी । जिल्लाको पूर्वी भेगमा पर्ने हनुमाननगर कंकालिनी नगरपालिका ८ बाट प्रहरीले गोरु काटेको आरोपमा तीन जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा हनुमाननगर कंकालिनी १३ का करिब ४० वर्षीय जप्रुल मन्सुरी, ३५ वर्षीय कैयुजुम मन्सुरी र २५ वर्षीय मो.सम्साद रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीय तेज नारायण सिपलियाको गोरु हराएर खोजतलास गर्ने क्रममा आरोपीहरुले काटेर खाएको स्वीकार गरेपछि तीन जनालाई नै नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको वडा नम्बर ८ का वडाध्यक्ष अजय यादवले बताए ।
पक्राउ परेका आरोपी ताीन जनालाई इलाका प्रहरी कार्यालय हनुमाननगरमा हिरासतमा राखेर थप अनुसन्धान भइरहेको सप्तरीले जनाएको छ । पक्राउ परेका तीन जना यसअघि पनि पशु चौपाया चोरी र बेपत्ता पार्ने घटनामा संलग्न रहदै आएको जनाइएको छ ।