प्रजातन्त्र दिवसको अवसरमा विविध कार्यक्रम (फोटोफिचर)

सप्तरी । प्रजातन्त्र दिवसको अवसरमा सप्तरीको राजविराजमा र्याली प्रदर्शनसहित बृक्षारोपण गरिएको छ ।
दिवसको अवसरमा स्थानीय गजेन्द्र चोकबाट आइतबार बिहान सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख, सुरक्षा निकायका पदाधिकारी, स्थानीय तहका प्रमुख, सरकारी कर्मचारीहरु, स्थानीय जनप्रतिनिधि, पत्रकार, बुद्धिजीवी, सर्वसाधारण समेतको सहभागितामा र्याली प्रदर्शन गरिएको हो । बजार परिक्रमापछि र्याली जिल्ला प्रशासन कार्यालयको परिसरमा पुगेर विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो ।