जन्ती बोकेको विङ्गर र भ्यान ठोकिकंदा पाँच जनाको मृत्यु

धनुषा । पूर्वी धनुषाको गाणेशमान चारनाथ नगरपालिका वीरेन्द्र बजारमा शनिबार बिहान जन्ती बोकेको विङ्गर र पिक भ्यान एक आपसमा ठोक्किएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुर्घटनामा धनुषाको मुखियापट्टी मुसहरनिया घर भएकी २९ वर्षीया रुवीकुमारी साह, महोत्तरी रामगोपालपुर ससौलाका मञ्जु कुमारी साह र सृजना साह, पिपरा गाउँपालिकाका ११ वर्षीय बालक यस कुमार र धनुषा धनौजी गाउँपालिकाका अब्दुल मन्सुरी रहेका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको ना. १ ज ८३९६ नम्बरको विङ्गर र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ज. १ त १४९६ नम्बरको पिकअप भ्यान आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्ष दीपक रायले बताए । उनका अनुसार दुर्घटनामा नौ जना घाइते भएका छन् ।