बारमा एसोसियसनमा गठबन्धन प्यानल विजयी

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्ता गठबन्धन निकट बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको प्यानल नै विजयी भएको छ ।
निर्वाचनमा कांग्रेस–माओवादीसहित सत्तारुढ गठबन्धन निकट कानुन व्यवसायीहरुको प्यानलबाट चार हजार चार सय ७४ मतसहित अधिवक्ता गोपालकृष्ण घिमिरे अध्यक्ष विजयी भएका छन् । एसोसिएसनमा उपाध्यक्ष प्रदेश १ मा सुरज खत्री (४४२९), मधेस प्रदेशमा सुधीर कुमार कर्ण (४५०५), बागमती प्रदेशमा हर्क बहादुर रावल (४३४७), गण्डकी प्रदेशमा वीरेन्द्र केसी (४२४८), लुम्बिनी प्रदेशमा पशुपति भण्डारी (४०९९), कर्णाली प्रदेशमा उत्तम कुमार आचार्य (४३२०) र सुदूर पश्चिम प्रदेशमा तुलाराम गिरी (४३३७) मतसहित विजयी भएका छन् ।
त्यस्तै, उपाध्यक्ष महिला, खुलामा आशा राई (४०४९) विजयी हुँदा महासचिवमा अन्जिता खनाल (३६८२) विजयी भएकी छन् भने कोषाध्यक्षमा भरतबहादुर राउत (४०३६) विजयी हुँदा सदस्यमा विनिता नेपाली (४३२९), किरण कुमारी साह (४२९९), नरेश कुमार साह (४१२४), नारायण दास राई (४०७०), रुपबहादुर सारु (३८९०), सीता पौड्याल (४१३७), शर्मिला थापा विष्ट (४२२५), जीतेन्द्रबहादुर मडै (४०९२), भरतकुमार लकाइ (३६५७), देवी प्रसाद कोइराला (३९४६), निर्भयराज पौडेल (३६७९), सन्तोष कुमार राउत (३५६९), गुणराज आचार्य (३८३३), सन्तोष तिवारी (३४२९) विजयी भएको निर्वाचन समितिले जनाएको छ ।


एसोसियसनको १९ चैतमा काठमाडौंसहित देशभर ३५ स्थानमा तोकिएका मतदान केन्द्रमा मतदान भएको थियो । अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार सात सय आठ जना अधिवक्ता मतदाता मध्ये सात हजार चार सय २९ जनाले मतदान गरेका थिए ।