
एजेन्सी । दक्षिण अफ्रिकाको राजधानी केप टाउनस्थित संसद् भवनमा आइतबार आगलागी भएको छ । केप टाउनको मध्य भागमा अवस्थित संसद् भवनबाट धुवाँ र आगोको मुस्लो उठेको स्थानीय संचारमाध्यमले जनाएका छन् ।
संसद् भवनमा आगलागीको कारण भने खुल्न सकेको छैन । संसद्को बिदा भएकाले अहिले कुनै पनि अधिवेशन नरहेको बताइएको छ । सिटी अफ केप टाउन फायर एण्ड रेस्क्यु सर्भिसका प्रवक्ता जर्मेन कारेलसेका अनुसार तेस्रो तलामा रहेको संसद्को कार्यालयमा बिहान सबेरै आगलागी सुरु भएको थियो र नेशनल एसेम्बली च्याम्बरसम्म फैलिएको थियो । आगो निभाउन सयौं दमकल परिचालन गरिएको छ ।
आगलागीबाट कोही पनि घाइते नभएको कारेलसेले बताए । आगो लागेको सूचना पाए लगत्तै राधानी शहरका विभिन्न ठाउँमा राखिएका ३५ वटा दमकल घटनास्थल पठाइएको उनले बताए । दक्षिण अफ्रिकाका सार्वजनिक निर्माण मन्त्री पार्टिसिया डे लिलेले प्रान्तीय परिषद्को चेम्बरमा लागेको आगो निभाइएको तर राष्ट्रियसभाको भवनमा लागेको आगो अझै नियन्त्रणमा रहेको बताइन् । संसद् भवन पूरै खाली गरिएको छ र अहिले दमकलको थप टोली बोलाइएको छ । संसद् भवन र राष्ट्रियसभा भवनको छतबाट आगलागी भएको अधिकारीले जनाएका छन् ।