सवारी ज्यान र लागूऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले कैद तथा जरिबाना सजया सुनाएका सावरी ज्यान र लागूऔषध मुद्दाका दुई फरार कसुरदारलाई खोजतलासको क्रममा पक्राउ गरेको छ ।
जिल्ला अदालतको गत १० असोजको फैसला अनुसार दुई वर्ष एक महिना कैद र २८ हजार रुपैयाँ जरिबाना ठहर गरिएका सवारी ज्यान मुद्दाका कसुरदार जयराज पनेरुलाई पक्राउ गरी जिल्ला अदालतको पेश गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुर प्रहरीका अनुसार जिल्लाको बेदकोट नगरापालिका ७ बस्ने पनेरुलाई जिल्ला तथा मातहतको मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले २० माघमा पक्राउ गरी अदालत पेश गरिएपछि कैद पूर्जी जारी गरी सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ ।
त्यस्तै, जिल्ला अदालतको २२ फागुन २०७६ को फैसला अनुसार एक महिना १५ दिन कैद ठहर भई फरार रहेका लागूऔषध मुद्दाका कसुरदार पप्पु सुनारलाई पक्राउ गरी कारागार चलान गरिएको छ । प्रहरीका अनुसार जिल्लाको भिमदत्त नगरपालिका १८ बस्ने सुनारलाई खोजतलासको क्रममा प्रहरी टोलीले २४ माघमा पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट कैद पूर्जी जारी भएसँगै र कैद सजाय भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।