वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

सुनसरी । सैनिक अस्पताल इटहरीको १८ औं वार्षिकोत्सवको अवसरमा जिल्लाका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा अस्पतालले १५ पुसदेखि १९ पुससम्म जिल्लाका विभिन्न तीन ठाउँमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरी एक सय ३५ जना बृद्धबृद्धा, बालबालिकाको स्वास्थ्य जाँचसहित औषधि वितरण गरेको जनाएको छ । १५ पुसमा बराहक्षेत्र नगरपालिका २ चतराधामस्थित राधाकृष्ण भक्ति महिला बृद्धाश्रम, १६ पुसमा इटहरी उप–महानगरपालिका ८ सयपत्री टोलस्थित अनाथालयमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको नेपाली सेनाले जनाएको छ ।
त्यस्तै, सेनाका अनुसार १९ पुसमा इटहरी उपमहानगरपालिका ४ मिलन टोलस्थित कृष्ण प्रणामी बृद्धाश्रममा रहेका बृद्ध÷बृद्धाहरुको स्वास्थ्य चेकजाँच तथा औषधि वितरण गरिएको थियो ।