
सिरहा । प्रहरीले हराएको मोटरसाइकल एक दिनमै खोजी गरी सम्बन्धित धनीलाई फिर्ता दिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहका अनुसार ११ माघको राती करिब १० बजेतिर सिरहा नगरपालिका १७ माडरबाट हराएको मोटरसाइकल खोजी गरी बुधबार मोटरसाइकल धनी रामकुमार साहलाई फिर्ता गरेको हो ।
साहको नाममा दर्ता रहेको ज. ५ प ६०४२ नम्बरको कालो रङ्को एनएक्सजी मोटरसाईकल हराएको भन्ने खबर पाए लगत्तै खोजी गर्ने क्रममा १२ माघमा साँझ करिब ७ बजेतिर सिरहा नगरपालिका ३ मा फेला परेको सिरहा प्रहरीका सूचना अधिकारी डिएसपी सुवाष बुढाथोकीले बताए । डिएसपी बुढाथोकीका अनुसार मोटरसाइकल भेटिएपछि जिल्ला प्रहरी कार्यालयमा मोटरसाइकल धनी साहलाई जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले हस्तान्तरण गरेका हुन् ।