वडा सदस्यको निधन, सम्पूर्ण कार्यालय बन्द रहने

सप्तरी । कञ्चनरूप नगरपालिका वडा नं. २ का निर्वाचित वडा सदस्य ५८ वर्षीय अकबर शेख अलीको निधन भएको छ । वडा सदस्य अलीको शोकमा शुक्रबार कञ्चनरूप नगरपालिका तथा मातहतका सम्पूर्ण कार्यालयहरु एक दिन बन्द गरिने भएको छ ।
नगरपालिका कार्यालय तथा मातहतका सम्पूर्ण विषयगत कार्यालयहरु शुक्रवार एक दिनका लागि बन्द गर्ने निर्णय गरिएको नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेणुका साहले जानकारी दिइन् । बरमझियास्थित आफ्नै निवासमा बिहीबार बिहान करिब २ बजेतिर निधन भएका अलीको शुक्रबार इस्लामिक संस्कार अनुसार दाहसंस्कार गरिने भएकाले नगर कार्यपालिकाको कार्यालय र मातहतका सम्पूर्ण कार्यालयहरू बन्द रहने प्रमुख प्रशासकीय अधिकृत साहले बताइन् । पछिल्लो स्थानीय तहको निर्वाचनमा अली नेपाली कांग्रेसबाट वडा सदस्य पदमा निर्वाचित भएका थिए ।