
सिरहा । सशस्त्र प्रहरी बलको टोलीले नोपल भारत सीमाको बरियारपट्टि खण्डबाट सीमा कटाउन खोजिएको ३१ किलो दुई सय ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरीको बरियारपट्टिस्थित बोर्डर आउट पोष्टबाट गस्तीमा खटिएको टोलीले औहरी गाउँपालिका १ दरहैयाबाट गाँजा बरामद गरेको हो । लागूऔषध कारोबारीले प्याक गरेको गाँजा नेपालको दरहैया गाउँ हुँदै सीमा कटाएर भारत लैजान खोजिरहेको अवस्थामा गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देखेर भागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाका सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र गिरीले जानकारी दिए । बरामद गरिएको गाँजा शनिबार जिल्ला प्रहरी कार्यालय सिरहालाई बुझाइएको प्रहरी उपरीक्षक गिरीले उल्लेख गरे ।