
लहान । सिरहाको धनगढीमाई नगरपालिका १३ नं. वडा कार्यालयले ‘सुनौला हजार दिन आमाहरुको लागि पोषण’ सम्बन्धी अन्तक्र्रिया गरेको छ ।
अन्तक्र्रियामा सुनौला हजार दिन अन्तर्गत गर्भवती, सुत्केरी अवस्था, बच्चा छ महिना पूरा नभएसम्म र पूरा भएपछि, बिरामी भएको अवस्थाको विषयमा चर्चा गरिएको स्थानीय महेश्वर श्रेष्ठले बताए । अन्तक्र्रियामा धनगढीमाई नगर प्रमुख हरिनारायण चौधरीले गर्भवती अवस्थामा नियमित रुपमा स्वास्थ्य संस्थामा चार, छ, आठ र नवौं महिनामा स्वास्थ्य जाँच गराउने गर्भवती महिलाहरुलाई नगरपालिकाले बढीमा दुईवटा बच्चासम्मका लागि एक हजार आठ सय रुपैयाँ दिइरहेको बताए ।
त्यसका अलावा एक क्यारेट अण्डा, घिउ दिइनुका साथै प्रसूति गराउन स्वास्थ्य संस्थासम्म निःशुल्क रुपमा नगरको एम्बुलेन्स सेवा उपलब्ध हुने नगर प्रमुख चौधरीले बताए । अन्तत्र्रिmयामा नगरकी बहुक्षेत्रीय पोषण कार्यक्रमकी प्रभा श्रेष्ठले सुनौला हजार दिन र आमाहरुको विषयमा प्रष्ट्याउनु भएको थियो ।
के हो सुनौला हजार दिन ?
महिला गर्भवती भएपछि बच्चा जन्मिने नौ महिना दुई सय ७० दिन र बच्चा दुई वर्षको हुञ्जेल सात सय ३० दिन गरी एक हजार दिन गर्भवती, सुत्केरी र आमाहरुका लागि सुनौला हजार दिन हो । बच्चाको मस्तिष्कको ८० प्रतिशत विकास यही हजार दिनभित्र भइसक्ने हुँदा यो अवधिमा गर्भवती, सुत्केरी आमा र दुई वर्ष मुनिको बच्चाको पोषिलो खाना, सरसफाइ र राम्रो स्याहार गर्नाले बच्चाको काम गर्न सक्ने तथा सिक्ने क्षमता बढ्ने बताइन्छ ।