
सिरहा । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले मंगलबार सार्वजनिक विदा दिएको छ । शताब्दी पुरुष जोशीको निधनको शोकमा मंगलबार नेपाल राज्यभर सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरु, विदेशस्थित कुटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । उनको निधनको शोकमा सार्वजनिक विदा दिइनुका साथै राष्ट्रिय झण्डा झुकाउने समेत निर्णय भएको गृहले जनाएको छ ।