अपांगता भएकाहरुलाई न्यानो कम्बल वितरण

सिरहा । शीतलहरले जनजीवन प्रभावित बनिरहेको छ । शारीरिक रुपले सवल भएकाहरुको तुलनामा अपांगता भएकाहरुलाई जाडोबाट ज्यान जोगाउन सकस भएपछि सिरहाको लहान नगरपालिका १५ ढोढनामा आइतबार न्यानो कम्बल वितरण गरिएको छ ।
लहान १५ वडा कार्यालयको समन्वयमा न्यू क्रियटिभ युथ क्लव सुनसरीको सहयोगमा वडा क्षेत्रमा पर्ने विभिन्न गाउँका १५ जना शारीरिक अपांगता भएकाहरुलाई न्यानो कम्बल बाँडिएको हो । लहान १५ का वडाध्यक्ष तेजनारायण चौधरीले न्यानो कम्बल पाएपछि शीतलहरमा शारीरिक अपांगता भएकाहरुलाई ठूलो राहत भएको छ ।