शोक मनाउन सर्वोच्चसहित अदालतमा बिदा

काठमाडौं । पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक मनाउन आइतबार सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द हुने भएका छन् ।
सर्वोच्च अदालतको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्व प्रधानन्यायाधीश शर्माको निधनमा शोक मनाउन आइतबार सर्वोच्च, उच्च अदालत, विशेष अदालत र नेपालभरका अदालत न्यायाधिकरणहरूमा शोक बिदाका रूपमा बन्द गर्न लागिएको हो । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले शनिबार विज्ञप्ति जारी गर्दै शोक मनाउन विदा दिइएको जनाएका छन् ।
पूर्व प्रधानन्यायाधीश शर्मा ०५४ चैत्र ३० देखि ०५६ मंसिर ३० सम्म नेपालका प्रधानन्यायाधीश रहेका थिए । वि.सं १९९१ मा जन्मिएका शर्माको ८६ वर्षको उमेरमा गत माघ ५ मा निधन भएको थियो ।

सर्वोच्च अदालतको विज्ञप्ति :