
सुनसरी । इटहरी विराटनगर सडक खण्डमा पर्ने सुनसरी जिल्लाको दुहवी नगरपालिका ३ बाट प्रहरीले एक थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
इटहरी उपमहानगरपालिका १२ खनारका ३४ वर्षीय काउ भनिने सुशील साहलाई पेस्तोलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । पेस्तोल बोकेर हिंडिरहेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले साहलाई मंगलबार राती करिब साढे १० बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र एक थान फिङ्गर पहुँच बरामद भएको प्रहरीले जनाएको छ ।