ब्राउनसुगरसहित दुई भारतीय युवक पक्राउ

सप्तरी ।  कडा खालको मानिने प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित सप्तरी प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पूर्व पश्चिम सडकको कञ्चनरुप नगरपालिका २ खण्डमा चेकजाँचको क्रममा भारतीय नम्बर प्लेटको मोटरासाइकल चढेको दुई भारतीय युवकलाई २२ ग्राम ब्राउनसुगरसहित ४ पुसमा पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा भारत बिहारको सुपौल जिल्ला भिमनगर ग्रामपंचायत ४ का ३१ वर्षीय गोलु भनिने रतन शर्मा र ३५ वर्षीय जयप्रकाश पासवान रहेको सप्तरी प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।
प्रहरी नायव उपरीक्षक काफ्लेका अनुसार बी आर ५० आर २४९६ नम्बरको मोटरसाईकल चढेर पश्चिततिर आउने क्रममा रोकेर चेकजाँच गर्दा शर्माको साथबाट ब्राउनसुगर बरामद भएको हो । पक्राउ गरिएका दुवैलाई सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।