बाल यौन दुव्यर्वहारका थुनुवा आरोपी फरार

सिरहा । बाल यौन दव्यर्वहारको आरोपमा पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत लगिएका थुनुवा फरार भएका छन् ।
बाल यौन दुव्र्यवहारको आरोपमा बिहीबार पक्राउ गरिएका सिरहाको लहान नगरपालिका २१ का ३६ वर्षीय छोटु सदाय मुसहर म्याद थपका लागि शुक्रबार अदालत लैजाने क्रममा जिल्ला सरकारी वकिल कार्यालय नजिकबाट फरार भएका हुन् । ‘अनुसन्धानका लागि म्याद थप गर्न अदालत लैजाने क्रममा सरकारी वकिल कार्यालय नजिक प्रहरीको भ्यान रोकिएको थियो, त्यही बेला हाम फालेर फरार भए’ इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भोलकमाुर भट्टले जानकारी दिए ।
फरार भएका फरार सदायको खोजीका लागि सीमा नाकासहित सम्भावित ठाउँहरुमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेले बताए ।