भन्सार छलेर ल्याएको चामलसहितको ट्रक प्रहरी नियन्त्रणमा

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका ९ मिलन चोकबाट प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको चामलसहितको ट्रक नियन्त्रणमा लिएको छ ।
पूर्व पश्चिम लोकमार्ग हुँदै म.प्र.०३–००१ क २५१० नम्बरको ट्रक भन्सार छलेको चामल बोकेर गइरहेको गोप्य सूचनाको आधारमा धनगढीस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी नाय

व निरीक्षक सुनिल कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले चामल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेका अनुसार चार सय ३७ बोरामा प्याक गरिएको करिब छ लाख ६५ हजार रुपैयाँ मूल्यको चामल लोड रहेको ट्रक रोकेर सोधपुछ गर्ने क्रममा बरामद भएको हो ।
ट्रक चालक बाराको कोल्भी नगरपालिका २ का २७ वर्षीय शेखरप्रसाद मैनालीसँग सोधपुछ गर्ने क्रममा २५ किलोको दुई सय ३३ बोरा सेभेन स्टार भारतीय चामल र सोही तौल दरको दुई सय चार बोरा मिना ब्राण्ड सोना मन्सुली तथा जिरा मसिनो नेपाली चामल गरी चार सय ३७ बोरा चामल बरामद भएपनि बिलमा चार सय बोरा मात्र उल्लेख रहेकाले चालक, ट्रकसहित थप अनुसन्धानका लागि लहान प्रहरीमा बुझाईएको र त्यहाँबाट थप अनुसन्धानसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय सुनसरीको इटहरी पठाइएको उनले बताए । उनका अनुसार बरामद भएको चामलको छ लाख ६५ हजार र ट्रकको मूल्य ३५ लाख गरी ४१ लाख ६५ हजार रुपैयाँ मूल्य कायम गरिएको छ ।