सिरहा । मधेश प्रदेश सरकारले लोक आस्थाको महापर्व छठको अवसरमा सोमबार प्रदेश अन्तर्गतका जिल्लाहरुमा सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले आइतबार शुभकामना सन्देश जारी गर्दै छठ महापर्वको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको जनाएका हुन् । सन्देशमा भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाओस् भन्ने कामना समेत गरिएको छ ।