म्याक्स टाइगर खोल्दा स्मार्ट टि.भी.उपहार

सिरहा । हल्का पेय पदार्थ म्याक्स टाइगर खरिद गरेका सिराहा लहानका एक व्यवसायीले स्मार्ट टेलिभिजन उपहार पाएका छन् ।
जिल्लाको दक्षिणी सीमावर्ती बरियारपट्टि गाउँपालिका १ कचनारी घर भई लहान ५ मा बस्दै आएका करिब ४७ वर्षीय मनोज साहले ४८ इञ्चको स्मार्ट टि.भी. उपहार पाएका हुन् । एग्रो थाई फुड्स प्रा.लि.काठमाडौंको उत्पादनको रुपमा भर्खर बजारमा आएको हल्का पेय पदार्थ म्याक्स टाइगरको बिर्कोमा परेको स्मार्ट टि.भी. सोमबार बिहान साहलाई हस्तान्तरण गरिएको हो । लहान ५ स्थित झण्डा पार्कमा प्रा.लि.का क्षेत्रीय बिक्री प्रबन्धक बिक्रम हमाल र लहानका अधिकृत बिक्रेता निरस चौधरीले संयुक्त रुपमा हस्तारण गरे ।
स्थानीय खुट्टी खोला किनारमा आइतबार साँझ छठ पूजा हेर्न गएका बेला प्यास लागेपछि खरिद गरेको म्याक्स टाइगर खोल्दा उपहार स्वरुप परेको स्मार्ट टि.भी. पाउँदा खुशी लागेको उनले बताए । प्रा.लि.का क्षेत्रीय बिक्री प्रबन्धक हमालका अनुसार कम्पनीले बजारमा ल्याएका म्याक्स टाइगरका अन्य क्यानहरुमा नगदसहित स्मार्ट टि.भी., वासिङ् मेसिन उपहारको रुपमा राखिएका छन् ।