
सिरहा । लहानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले धनुषाको सबैला भठियनबाट चोरिएको मोटरसाइकल फिर्ता गराएको छ ।
गत २९ असारमा ट्राफिक प्रहरीले नियमित चेकजाँचको क्रममा शंकास्पद लागेपछि नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दा चोरिएको मोटरसाइकल रहेको पुष्टि भएपछि सम्बन्धित धनीलाई आइतबार फिर्ता गरिएको ट्राफिक प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा प्र २–०१–००२ प ७७१७ नम्बरको मोटरासइकल धनुषाको सबैला नगरपालिका ९ भठियनका २२ वर्षीय बलराम कापरको रहेको खुलेपछि कार्यालयमै बोलाएर साँचोसहित जिम्मा लगाइएको ट्राफिक प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले बताए ।