
सिरहा । पूर्व पश्चिम सडक अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दीपुर नजिक शनिबार अपरान्ह पिकअपको ठक्करले बालिकाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको प्र.२–०१–००१ च ०३२७ नम्बरकोे पिकअपले बाटो पार गर्ने क्रममा बन्दीपुर जनचोक नजिक नाम थर नखुलेकी करिब १३ वर्षीया बालिकाको मृत्यु भएको हो । सडकमा गम्भिर घाइते अवस्थामा भेटिएकी बालिकालाई उद्धार गरी तत्काल फुलकुमारी मेमोरियल अस्पताल लगिएको भएपनि उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर वलीले जानकारी दिए ।
लहान घर भएको भनिएपनि बालिका कहाँकी हुन् र बन्दीपुर कसकोमा आएकी थिईन् भन्ने सोधखोज गरिरहेको प्रहरी नायव उपरीक्षक वलीले बताए । मृतक बालिकाको शव पोष्टमार्टमको लागि लहानस्थित प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।