सिरहा । नेपाल पत्रकार महासंघ सिरहा शाखाले आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा पत्रकार आचारसंहिता उल्लंघन गरी प्रत्यक्ष रुपमा पार्टी विशेष र व्यक्तिका लागि सामाजिक सञ्जालमार्फत् मत मागिरहेको गुनासो आएको भन्दै स्पष्टीकरण सोधेको छ ।
महासंघका शाखा अध्यक्ष मनोज बनैताले बिहीबार प्रेस विज्ञप्तिमार्फत् महासंघ नेपाली पत्रकारहरुको साझा, निष्पक्ष एवम् तटस्थ संस्था भएकैले गरिमा उच्च रहेको स्मरण गराउँदै तर पत्रकारद्वय जीवछ यादव र फिरोज सिद्दिकीले आचारसंहिताको उल्लंघन गर्दै प्रत्यक्ष रुपमा पार्टी विशेष र व्यक्तिका लागि मत मागिरहेकाले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा यादव र सिद्दीकीलाई किन कारबाही नगर्ने सम्बन्धमा कार्यसमितिले दुई दिनभित्र महासंघको सिरहा कार्यालयमा स्पष्टीकरण पेश गर्न आग्रह गरिएको उल्लेख छ । महासंघले आसन्न निर्वाचनको सन्दर्भमा सदस्यहरुको भूमिकाको अनुगमन गरिरहेको जनाउँदै अध्यक्ष यादवले जिल्लाका अन्य पत्रकारहरुलाई पनि आचारसंहिताको पालना गरी निर्वाचनको रिपोर्टिङ् गर्न हुन अपिल गरेका छन् ।