
सिरहा । सामुदायिक वनको संरक्षणको विशेष जिम्मेबारी बहन गर्नु पर्ने वन उपभोक्ता समूहका अध्यक्ष नै अवैध काठसहित पक्राउ परेका छन् । सिराहाको मिर्चैया नगरपालिका ७ स्थित हरियोडाँडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टिकाराम पोखरेल सोमबार लाखौं मूल्यको अवैध काठसहित पक्राउ परेका हुन् ।
अध्यक्ष पोखरेल स्वयम्ले तीन वटा आँपको गोलिया, खयर र विभिन्न जातको अवैध काठ लोड गरिएको स. १ त ३६०७ नम्बरको ट्याक्टर चलाएर मिर्चैया बजारतिर आउँदै गरेको अवस्थामा मिर्चैयास्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पले नियन्त्रणमा लिएको हो । अवैध काठसहित पक्राउ गएिका पोखरेललाई आवश्यक कारबाहीका लागि लहानस्थित डिभिजन वन कार्यालयलाई बुझाइएको र मुद्दा चलाउन आवश्यक अनुसन्धानका लागि सिराहा जिल्ला अदालतबाट सोमबार नै म्याद थप गरिएको वन डिभिजन कार्यालय लहानका निमित्त प्रमुख गंगाप्रसाद यादवले बताए । निमित्त प्रमुख यादवका अनुसार नियन्त्रणमा लिइएको काठ मंगलबार नाप गरी कति हो भन्ने यकिन गरिने बताए ।