
सप्तरी । नेपाल नगरपालिका कर्मचारी एसोसिएसन इकाई समिति राजविराजको शुक्रबार सम्पन्न अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ ।
अधिवेशनको बन्द सत्रले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । कल्पना देवको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिमा उपाध्यक्ष चन्दनकुमार गुप्ता, सचिव घगन बुढाथोकी, कोषाध्यक्ष जयराम यादव, सहसचिव रविन्द्रकुमार साह चयन भएका छन् । कार्यसमितिमा सदस्यहरु विजय मेस्तर, गुरुदेव हरिजन, विजिता भट्टराई, संजिव यादव, ज्योतिस यादव, सुरेश कुमार यादव, शिला कर्ण, विजयकुमार देव, टंकजकुमार देव, मुकेश पाण्डे, श्याम कुमार दास, सन्तोष दास, शिवविलास यादव, रविन्द्रकुमार यादव चयन भएका छन् ।
इकाई समितिको सल्लाहकारमा लक्ष्मण साह सोनार, शत्रुधन लाल दास, मो. आलम खान, रामकुमार यादव, श्याम कुमार पण्डित, अशोक कुमार दास र केवल दास चयन भएको सचिव बुढाथोकीले बताए । इकाई समितिका कार्यवाहक अध्यक्ष लक्ष्मण साह सोनारको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा राजविराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादव, नगर उपप्रमुख साधना झा लगायतले शुभकामना दिएका थिए ।