मेयर कप कराँतेमा गोलबजारका चार खेलाडीलाई पदक

सिरहा । झापाको दमक नगरपालिकाको दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रथम मेयर कप राष्ट्रिय कराँते प्रतियोगितामा सिरहाको गालबजार नगर क्षेत्रबाट सहभागी चार जना खेलाडीले पडक जितेका छन् ।
प्रतियोगितामा महिला ४५ केजी कुमुते विधामा गोलबजारकी प्रौसिया चौधरी, सविना मगरले ५५ केजी महिला कुमुतेमा स्वर्ण पदक, पुरुष ५० केजी कुमुतेमा अनुज राना र पुरुष एकल कातामा बब्लु राइनले रजत पदक जित्न सफल भएको गोलबजारका कराँते प्रशिक्षक कसम लामाले जानकारी दिए ।