तक्वाण्डो खेलाडीलाई ट्रयाकसुट वितरण र विदाई

सिरहा । भनिन्छ, खेलाडीहरु राष्ट्रको पहिचान र गहना हुन् । खेलाडीहरुको भूमिकाको बारेम प्रायः औपचारिक कार्यक्रमहरुमा ठूल्ठूला कुरा गरिन्छ तर तिनको बृत्ति विकास, प्रोत्साहनका लागि भने कसैले ध्यान नइिरहेको सन्दर्भमा सिरहाको धनगढीमाई नगरपालिका ९ नं. वडा कार्यालयले ३० जना तेक्वाण्डो खेलाडीहरुलाई ट्रयाकसुट वितरण गरी थोरै भएपनि खेलाडीका लागि केही काम गर्ने जमर्को गरेको छ ।
धनगढीमाई नगर प्रमुख हरिनारायण चौधरी, वडाध्यक्ष प्रकाश योञ्जनले शनिबार धनगढी नगर क्षेत्रबाट मधेस प्रदेश तेक्वाण्डो प्रतियोगितामा छनौट भएका ३० जना खेलाडीहरुलाई ट्रयाकसुट वितरणसहित विदाई गरेका हुन् । ‘खेलाडीहरुले राष्ट्रका लागि ठूलो योगदान दिएका हुन्छन्’ ट्रयाकसुट वितरण गर्दै नगर प्रमुख चौधरीले भने ‘खेलाडीका लागि ट्रयाकसुट ठूलो सहयोग नभएपनि प्रोत्साहनका लागि दिइएको हो ।’ आगामी दिनमा थप सहयोगका लागि प्रयास गरिने उनको भनाई थियो ।
३० फागुन र १ चैतमा मधेस प्रदेसको बीरगंजमा हुने प्रतियोगितामा सामेल हुन गएका धनगढी र गोलजार क्षेत्रका ३० जना खेलाडीहरुमध्ये छनौट भएका खेलाडीहरु १४ औं एसियाली खेलकूद प्रतियोगितामा भाग लिने जनाइएको छ । धनगढीमाई मुलुकमै प्रतिभावान तेक्वाण्डो खेलाडी रहेको स्थानीय तहको रुपमा लिइन्छ ।